साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री आज स्विट्जरल्यान्ड प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन् ।   

 माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुईवटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका छ । स्विट्जरल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन् ।   

भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडालगायतका उच्च अधिकारी रहनेछन् । साताव्यापी भ्रमणका लागि जान लागेको प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल माघ १२ मा स्वदेश फर्किनेछ ।





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ९:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया