जनार्दन शर्मामाथि छानबिन समितिको म्याद थपिएला ?

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ । 

१० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदै छ । तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरिएको हो । त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । 

उक्त रिपोर्ट आएपछि मात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ । 

समितिले बिहीबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ ।  





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार २०:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया