काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियास् भन्ने प्रस्ताव निणायार्थ प्रस्तुत गरेका थिए ।

सो विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सहरी क्षेत्रका सार्वजनिक यातायात र काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले विधेयक पेस गरिएको बताए । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन ६ गते अपराह्न १ बजे बस्नेछ ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २१:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया