चिलीमा ६.७ म्याग्निच्युडको भूकम्प
सान्टियागो- दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्रबिन्दु चिलीको कोकिम्बो सहरबाट करिब १५ किलोमिटर दक्षिण-पश्चिममा रहेको थियो । चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा भूकम्पको अनुभव गरिएको छ।  भूकम्पपछि हजारौं घरमा विद्युत सेवा अबरुद्ध भएको छ । राष्ट्रिय विपद कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो । तर, भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त नभएको रिकार्डोले बताए ।चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो । सन् १९६० मा चिलीको भाल्डीभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ । अमेरिकी सर्भेका अनुसार त्यसबखत ९ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । 



  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार २१:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया