झापामा एउटै रुखमा तीनजना किशोरी झुन्डिएको अवस्थामा भेटिए
सांकेतिक तस्विर

झापामा  एउटै रुखमा तीनजना किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका- ५ स्थित सुनकोसी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा  भेटिएको प्रहरीले जनाएको छ ।

त्यसरी सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । 

स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेको छ । 

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ११:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया