मौद्रिक नीति आएपछि शेयर बजारमा उत्साह, उच्च अंकले बढ्यो नेप्से
फाइल तस्वीर

मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा उत्साह देखिएको छ । शुक्रबार घटेर बन्द भएको नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको हो । मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अंकले बढेको हो । 

आइतबार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३९ अंक बढेको छ ।

आइतबार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकमसमेत वृद्धि भएको छ । 

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७.२२ प्रतिशतले बढेको छ । 

त्यस्तै, अन्य उपसमूह ६.९३ प्रतिशत, विकास बैंक ५.१ प्रतिशत, माइक्रोफाइनान्स  र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । 

आइतबार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढेको छ । 



कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम् ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ ।



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १५:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया