सल्लाघारी दुर्घटना : मृतक तीनैजनाको सनाखत

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरूमा भक्तपुर–२ घर भई चाँगुनारायण बस्ने वर्ष ५५ का न्हुच्छेराम बखते, सर्लाहीको हरिवन घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुला छन् ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । काठमाडौंबाट आइतबार दिउँसो  भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा६१च नम्बरको स्कुटीलाई माथिबाट सल्लाको रुख ढलेर च्यापेको थियो ।

घाइते हुनेहरूमा भक्तपुर नगरपालिका–८ बेला बस्ने ४८ वर्षीया लक्ष्मी दुवाल, भक्तपुरको कमलविनायक बस्ने १९ वर्षीय रितेश बासुकला, कञ्चनपुर घर भई स्वयम्भु बस्ने ४१ वर्षीय निरबहादुर राई, पर्वत जलजला–७ घर भई शखमुल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथर घर भई भक्तपुर सल्लाघारी बस्ने १२ वर्षीय मृगी लिम्बू छन् । 

अन्य घाइतेमा पाँचथर घर भई भक्तपुर बस्ने आसरा लिम्बु, पवर्तको फलेबास घर भएका सागर शर्मा, भक्तपुर–७ बस्ने १८ वर्षीय सिमरन लगेजु, भक्तपुर चाँगुनारायण बस्ने १८ वर्षीया निता लिगल, ६८ वर्षीय पदम बहादुर हेतु, बस चालक २२ वर्षीय होमबहादुर मगर र सहचालक सर्लाही घर भएका १६ वर्षीय आकाश वाइवा छन् । 

घाइतेहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १९:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया