भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले आज पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । उनले बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ लिने भएकी हुन् ।
प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनीयताको सपथ गराउनेछन् । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मू एक औपचारिक समारोहमा संसदमा आइपुग्ने छन् ।
त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्राङ्गणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ ।
६४ वर्षीय मुर्मू भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।