प्रधानमन्त्री  देउवाविरुद्ध नाराबाजी गर्ने समूहको पहिचान खुल्यो

सार्वजनिक कार्यक्रम स्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । 

नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका हुन् ।

कमलादीमा प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा युवाहरू आम युवा नाममा विरोध गर्दै आइरहेको समूहका सदस्य रहेको स्रोतले जनाएकोको छ । स्थलबाट पक्राउ पर्नेमा सोम शर्मा, विप्लव खड्का, अर्जुन पौडेललगायत रहेका छन् । उनीहरू आम युवा समूहको सदस्य भनेर परिचय गराउँदै आएका थिए । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १७:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया