बागमती प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दशौँ  अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

दशौँ अधिवेशनले मुख्यतः चालू आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।

दशौँ अधिवेशनको अन्त्यसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । 

यसअघि सोमबार बसेको प्रदेशसभा बैठकले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो ।  





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ६:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया