साहित्य सन्ध्याको ३९१औँ शृंखला

काठमाडौं– हरेक महिनाको पहिलो शनिबार राजधानीमा हुने साहित्य सन्ध्याको ३९१औँ शृंखलामा लघुकथा गोष्ठी भयो । गोष्ठीमा नेपाली लघुकथामा पहिलो पिएचडी गरेका डा. पुष्करराज भट्टले लघुकथामाथि टिप्पणी गरे ।

नेपाली लघुकथाको इतिहास कोट्याउँदै उनले लघुकथाको सुरुवात २००७ सालबाट भएको बताए । त्यहाँदेखि वर्तमानसम्म आइपुग्दा लघुकथाका लगभग ३०० कृति प्रकाशित भएको भट्टले जनाए । उनले २००७ सालमा पूूर्णप्रसाद ब्राह्मणले ‘झिल्काहरु’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा भएको बताए ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।

यसै कार्यक्रमको सन्दर्भमा कवि उमेश उपाध्यायको ‘जडताको ताण्डव’ कवितासंग्रहको लोकार्पण पनि गरिएको थियो । 





  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार १७:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया