प्रचण्ड २१ साउनमा जापान जाने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । उनी जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी २१ साउनमा त्यसतर्फ जान लागेका हुन् । 

‘अध्यक्ष जापान जाने तयारी भइरहेको छ । अहिले त नेपालीहरूको कार्यक्रममा जाने भन्नेछ । त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । 

प्रचण्ड यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए ।  





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १३:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया