मन्त्री शशि श्रेष्ठले ‘कीर्ते’ गरेर नन्दलाई दिइन् नियुक्ति

भूमि व्यवस्था तथा सहकारीमन्त्री शशि श्रेष्ठले कीर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् । 

सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकाश पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् । 

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा  चलाएको छ । 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १७:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया