अफगानिस्तानको जाबुलमा विस्फोट : दुई बालबालिकाको मृत्यु, १० जना घाइते

अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । साथै, अन्य १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

‘मंगलबार दिउँसो मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौना जस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्,’ एक अधिकारीले सिन्ह्वालाई नाम नभन्ने शर्तमा बताएका छन् ।

यसैबीच जनस्वास्थ्य विभागका प्रान्तीय प्रमुख अब्दुल हाकिम हाकिमीले दुई जनाको शव र १० जना घाइते बालबालिकालाई अस्पताल लगिएको पुष्टि गरेका छन् । पछिल्लो पाँच दिनमा दक्षिणी क्षेत्रमा घटेको यो दोस्रो घटना हो ।

यसैगरी छिमेकी हेलमान्डको प्रान्तीय राजधानी लस्करगाहमा शुक्रबार यस्तै घटनामा एक बालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।  





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ८:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया