बेलायतले अनलाइनबाट यात्रा अनुमति लिनुपर्ने नियम ल्याउँदै

बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउने भएको छ । विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली सन् २०२४ भित्र लागू गर्ने योजनामा बेलायत रहेको छ ।

अमेरिकाले लागू गरेको यात्रा अनुमतिका लागि विद्युतीय प्रणाली र युरोपले लागू गर्न लागेको युरोपियन यात्रा सूचना तथा अनुमति प्रणालीजस्तै गरी बेलायतले पनि यो प्रणाली ल्याउन लागेको हो । यो प्रणाली अन्तर्गत बेलायत जानका लागि भिसा नचाहिने देशका नागरिकले यात्रा गर्नु अगाडि अनलाइनमा दर्ता गर्नुपर्नेछ ।

सफलताका साथ दर्ता गरिसकेका यात्रुलाई बेलायत प्रवेश गर्ने बेलामा अनुहार चिन्ने प्रणालीबाट जाँच गरिनेछ । त्यसपछि उनीहरूले बोर्डरमा परीक्षणविना नै वा विद्युतीय पासपोर्टको गेटबाट बेलायत प्रवेश गर्न सक्नेछन् । अनलाइनबाट दर्ता गर्दा शुल्कसमेत लाग्नसक्ने अपेक्षा गरिएपनि बेलायत सरकारले अहिलेसम्म शुल्क भने तय गरिसकेको छैन ।

सीमा र अध्यागमन प्रणालीको रूपान्तरणको एक भागको रूपमा यो प्रणाली लागू गर्न लागिएको बेलायतको होम अफिसले जनाएको छ । बेलायतमा उनीहरु आउनु अगाडि नै जोखिम छ वा छैन भन्नेबारे मूल्यांकन गर्न यो प्रणाली लागु गर्न लागिएको हो । युरोपियन इकोनोमिक एरियाबाट प्रवेश गर्नेहरुलाई समेत यो प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

युरोपका देशमा भिसा नचाहिने देशका नागरिकले यात्रा गर्न अनलाइनमार्फत दर्ता गर्नुपर्ने नियम आगामी मेबाट लागू हुने भएको छ ।

यी देशबाट युरोपको यात्रा गर्दा आगामी मेबाट विद्युतीय प्रणालीमा दर्ता गर्नुपर्नेछ । ९० दिनमात्र यात्रा गर्न चाहने भिजिटरका सन्दर्भमा यो नियम लागु हुनेछ । युरोपका यी देशहरुमा जानका लागि आगामी मेबाट विद्युतीय प्रणालीमा दर्ता गर्नुपर्नेछ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १४:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया