साफ यु–२० मा नेपालको लगातार दोस्रो जित

भारतमा जारी साफ यु–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज सम्पन्न खेलमा श्रीलंकालाई ३–० ले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

नेपाललाई सहज जित दिलाउन कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरे । खेलको ५८औँ मिनेटमा घलानको गोलमार्फत नेपालले अग्रता लिएको थियो । 

६५औँ मिनेटमा छुन्जुले टोलीको अग्रता दोब्बर बनाए । ८४औंँ मिनेटमा नकर्मीले गोल गरेपछि नेपालले ३–० को सहज जित निकाल्यो ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिँदा दुवै खेलमा पराजय बेहोरेको श्रीलंका विनाअंक पुछारमा छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को शानदार जित हात पार्दा श्रीलंकाले बंगलादेशसँग १–० को पराजय बेहोरेको थियो ।

आफ्नो तेस्रो खेलमा श्रीलंकाले शुक्रबार तथा नेपालले आइतबार भारतको सामना गर्नेछन् ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार २१:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया