पहिलोपटक कोरोना भेटिएको चीनको वुहानमा फेरि लकडाउन
वुहान सहर / सीएनएनबाट

कोरोनाभाइरस पहिलो पटक भेटिएको भनिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको  छ ।  वुहान उपनगरको जनसङ्ख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।  

तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । तसर्थ: धेरैले यसको विरोध गरेका छन् । १ करोड २० लाख जनसङ्ख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो । त्यस्तै, कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा सङ्क्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।  





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १०:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया