पार्टनरसँग ठट्टा गर्नाले सम्बन्ध बलियाे बन्छ

एजेन्सी – यदि तपाईं आफ्नो पार्टनरसँग सम्बन्ध दीर्घकालीन र बलियो होस् भन्ने चाहनुहुन्छ भने पार्टनरसँग रोमान्स सँगसँगै हँसीमजाक पनि गर्न थाल्नुहोस् । पार्टनरसँग मजाक गर्दा सम्बन्ध बलियाे र दीर्घकालीन हुने हालै गरेको एक अनुसन्धानबाट देखिएकाे छ । 
 
जो आफ्नो पार्टनरसँग लाइट मुडमा मजाक गर्छन्, उनीहरूको सम्बन्ध सुमधुर र दीर्घकालीन हुने सम्भावना अत्यधिक हुन्छ । 

तर, यहाँ हाँसो गर्नुको मतलब यो होइन कि तपाई आफ्नो पार्टनरको मजाक उडाउन सक्नुहुन्छ । अध्ययनले भन्छ– त्यसरी गरिने जोक दुईजनाबीच मात्र सीमित हुनुपर्छ र त्यसको अभिप्राय मात्र हाँस्ने र हसाँउने हुनुपर्छ । तर एक-अर्काको इज्जत र स्वाभिमानमा असर पार्ने खालका विषय प्रसंग हुनु उपयुक्त हुँदैन । 

तर, ती जोडीहरू जो आफ्नो पार्टनरसँग अश्लील मजाक गर्छन् या एकअर्कालाई हाेच्याउने कोसिस गर्छन् उनीहरूको सम्बन्ध राम्रो हुँदैन किनकि त्यस प्रकारका मजाकहरू सम्बन्धका लागि हानिकारक हुन्छन् । 

रोमान्स सँगसँगै सेन्स अफ ह्युमर पनि आवश्यक 

अमेरिकाको विश्वविद्यालय अफ कन्सासका प्रोफेसर जेफ्री हाल भन्छन्, ‘रोमान्टिक पार्टनरका बीच हँसी–मजाक र ठट्टा हुनु आवश्यक छ, यसले सम्बन्धको बोन्डिङलाई मजबुत गराउँछ र  सम्बन्धमा सुरक्षाको भाव स्थापित हुन्छ । यति मात्र होइन, जब तपाईं पार्टनरसँग हाँसो–मजाक र खुसी सेयर गर्नुहुन्छ तब एक अर्काबीच रोमान्टिक आकर्षण पनि बढ्दै जान्छ ।’

कन्सास विश्वविद्यालयकाे यो अध्ययनमा १ लाख ५० हजार व्यक्ति सहभागी थिए । ‘पर्सनल रिलेशनसिप’ नामक जर्नलमा प्रकाशित भएको यो अध्ययनले शुद्ध मजाक गर्ने जोडीको सम्बन्ध दिगो हुने नतिजा निकालेको हो । 



अस्वस्थ्य सेन्स अफ ह्युमर हानिकारक 

तर हाँसो–मजाक चाहिने भन्दा बढी गर्नु हुँदैन । अनावश्यक ठट्टाले एकअर्कालाई हानी पुर्याउन पनि सक्छ । हामीले गरिरहेको हाँसो– मजाक कस्तो प्रवृतिको छ, त्यसले अर्को व्यक्तिलाई कस्तो असर पर्छ भन्ने कुरा सधैं मनन गरी राख्नुपर्छ नत्र मजाकले सम्बन्धलाई फाइदा गर्नुको साटो हानी गर्छ । 
 



  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार १४:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया