संसद् भवनअगाडि धर्ना बसेका कृष्ण पहाडीसहित २१ अधिकारकर्मी पक्राउ

काठमाडौं– पर्यटन मन्त्रीको बर्खास्तगी लगायत माग राखी संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । 

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौं शाखाका कार्यवाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बिपी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने, वाइड बडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्न मुख्य दोषीलाई कारबाही गर्नुपर्ने र सत्याग्रही प्राडा गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित मानवअधिकार तथा शान्ति समाजले संघीय संसद् भवनअगाडि धर्नासहित प्रदर्शन गरेको सभापति पुडासैनीले बताए । 





  • प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार १७:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया