नेकपा अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

काठमाडौँ– भाइरल ज्वरोबाट बिरामी भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । 

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई÷तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन् ।  

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।  

अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र छिट्टै निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार ७:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया