सहरीमन्त्री चौधरीले मन्त्रालय आउन निम्तो दिँदा हर्कको प्रश्‍न - कहिले आउँ त मन्त्रीज्यू ?
फरकधार / १४ साउन, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् ।



सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’

हर्क साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने भन्दै साम्पाङको खुलेरै प्रशंसा गरेका मन्त्री चौधरीले थपे, ‘मेयर साबले सुरु गर्नुभएका सबै योजनामा पूरै सहयोग गर्नेछु । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु ।’



मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ? 



मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे । धरानमा रहेको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १३:५५:२५,   अन्तिम अपडेट : साउन १४, २०७९ शनिबार १४:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया