महिलाका लागि कति खतरनाक छ अष्ट्रेलिया ?

एजेन्सी– गएको साता अष्ट्रेलियाको मेलवर्नमा राती घर गइरहेको समयमा एक युवतीको बलात्कारपछि हत्या भयो । मेलवर्न विश्वविद्यालयको छेउमा उनको शव भेटिएको थियो । 

२१ वर्षीया इजराइली विद्यार्थी आया मासरवेको हत्या भएपछि अष्ट्रेलियामा पुनः महिला हिंसाविरुद्ध नयाँ बहस सुरु भएको छ ।

उनको परिवारका अनुसार आयाले अन्य देशभन्दा अष्ट्रेलिया सुरक्षित भएकाका कारण अष्ट्रेलियन विश्वविद्यालयमा पढ्ने निर्णय गरेकी थिइन् । 

अहिले अष्ट्रेलियामा बढिरहेको ‘हाइ प्रोफाइल’ हत्याका घटनाहरुले प्रतिकुल वातावरण सिर्जना गरेको छ । हालै सार्वजनिक भएकाे अष्ट्रेलियाको सरकारी तथ्यांकअनुसार प्रत्येक तीन जनामा एक जना महिला शारीरिक हिंसामा पर्ने गरेका छन्, त्यस्तै पाँच जनामा एक महिला यौन हिंसाको शिकार हुने गर्छन् । १० जना महिलामध्ये एक महिला नचिनेको मान्छेबाट हिंसामा पर्ने गरेको तथ्यांकले देखाएको छ । 
 
विशेषगरी अष्ट्रेलियाको सामुद्रिक टापुका महिला र आदिवासी महिलाहरु अझै धेरै हिंसामा पर्ने गरेको तथ्यांकले देखाउँछ । 

घरेलु हिंसाको दर पनि धेरै छ । घरेलु हिंसा सामान्य जस्तै बनेको छ । अष्ट्रेलियामा प्रत्येक एक हप्तामा आफ्नै पार्टनरबाट एक महिलाको हत्या हुने गरेको उक्त तथ्यांक बताउँछ । 

सिड्नी विश्वविद्यालयकी एसोसिएट प्रोफेसर रुथ फिलिपले महिला हत्याका घटनाहरु भयानक रुपले बढिरहेको बताउँछिन् । उनी भन्छिन् ‘यहाँ महिलाहरु शारीरिक हिंसामा पर्नु सामान्य भएको छ । यसले अष्ट्रेलियामा भइरहेको लैंगिक संघर्षको अवस्थालाई चित्रण गरेको छ । यो गम्भिर समस्या हो तर यसलाई संकट नै भन्न मिल्दैन ।’



अष्ट्रेलियामा ‘हाइ प्रोफाइल मर्डर’सहित महिला र बालबालिकाको हत्याका घटनालाई राष्ट्रिय एजेण्डाको रुपमा उठाइएको छ । अक्टोबर महिनामात्र मेलवर्नमा ११ जना महिलाको हत्या भएको छ । 

सन् २०१४ मा रोजी बेट्टीका श्रीमानले छोराको हत्या गरेपछि उनले गरेपछि उनले हिंसाविरुद्ध क्याम्पेन नै सुरु गरेकी छन् । 



सन् २०१२ मा आयरल्यान्डकी नागरिक जिल मियगरको मेलवर्नमा बलात्कारपछि भएको हत्याको घटनाले अष्ट्रेलियामा महिला हिंसाविरुद्ध सबैको ध्यान केन्द्रित गरेको थियो । सेक्सुअल अफेन्डर्सलाई कडा सजाय हुनुपर्ने, महिलालाई सुरक्षित वातावरण निर्माण गर्नुपर्ने भन्दै चर्को आवाज उठेको थियो । 

आयाको हत्याले पुनः अष्ट्रेलियामा महिला हिंसाविरुद्ध बहस र आन्दोलनको अवस्था सुरु भएको छ ।

महिला हिंसा हुने राष्ट्रको सुचीमा जि ट्वान्टी राष्ट्रहरु मध्ये अष्ट्रेलिया आठौं स्थानमा पर्छ । तर पाँचवटा देशको तथ्यांकहरु भने उपलब्ध छैन् । राष्ट्रसंघका अनुसार अन्य क्षेत्रमा भन्दा अफ्रिका र अमेरिकामा आफ्नो पार्टनरबाट हत्या हुने महिलाको संख्या बढी छ ।

सन् २०१२ मा अष्ट्रेलियन सरकारले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसालाई कम गर्न एन्टि भ्वाइलेन्स पोलिसी लागू गरेको थियो । 

प्रोफेसर फिलिप भन्छिन् ‘सरकारले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न खोजे पनि महिला सुरक्षासँग सम्बन्धित निकायको सुधारतर्फ कुनै ध्यान दिएको छैन् ।’

अष्ट्रेलियन अधिकारकर्मीहरु महिलाप्रतिको असमानता र असम्मानजनक व्यवहारलाई घटाउन जोड दिइरहेका छन् ।  

महिला तथा बालबालिकामाथि हुने हिंसालाई कम गर्न महिलालाई सुरक्षित मात्र होइन सम्मानजनक वातावरण समेत हुनुपर्ने अष्ट्रेलियन महिलाअधिकारवादीकाे भनाई छ । 
 

  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार ११:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया