सारेगामापा बंगालका उपविजेता गायक साइराज खातीको स्वरमा सजिएको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा शब्द कुमार मिश्रको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ ।
यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् । गौतम बुद्ध जन्मस्थल लुम्विनी भित्र छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा कमल सिंह र ललना चिमरिया बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
विकाश दाहालले सम्पादन गरेको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।