दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर-देवरानीको मृत्यु
सांकेतिक तस्बिर

दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको ज्यान गएको छ । ज्यान गुमाउनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटाका २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहका अनुसार करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छन् ।  

सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर, हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर, तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको प्रहरी निरीक्षक शाहले बताए ।
 
प्रहरीका अनुसार सुरुमा करेन्ट लागेकी भिमाको अवस्था सामान्य छ ।  





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ७:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया