किरण चेम्जोङले मैदानमै प्रेमिकासँग राखे विवाह प्रस्ताव

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिका कञ्चन निरौलालाई विवाह प्रस्ताव राखेका छन् ।

लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले टोली उपाधि उचालेर खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रस्ताव राखेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् । किरण र कञ्चन लामो समयदेखि प्रेममा थिए । पेशाले विमान परिचारिका रहेकी कञ्चनसँगै किरणकी आमा पनि माल्दिभ्स पुगेकी थिइन् ।

किरणले आफ्नो टोली माजिया स्पोर्टस एण्ड रिक्रियसनलाई लगातार तेस्रो लिग उपाधि दिलाउन उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग धिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् ।

यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जिते ।
 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १०:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया