साफ–२० : बंगलादेशसँग खेल्ने नेपाली टोलीमा एक परिवर्तन

साफ यु– २० च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती–११ सार्वजिनक गरेको छ । मुख्य प्रशिक्षकले टोलीमा एक परिवर्तन गरेका छन् ।

भारतविरुद्ध मैदान उत्रिएका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाइमा स्थान बनाएका थिए ।

सिंगलल राउन्ड रोबिनका आघारमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ । खेल भारतको भूवनेश्वरस्थित कालिङ्गा स्टेडियममा केही बेरमा सुरु हुँदै छ ।

नेपालको सुरुवाती–११

ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सुमित श्रेष्ठ, आशिष राई, दिपेश गुरुङ, क्रितिश रत्न छुन्जु, सन्दीप कार्की, सुगम सुवाल, आयुष घलान (कप्तान)





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १५:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया