सत्तारुढ गठबन्धनका दलबीच आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव सम्पन्न गर्न सकिने गरी मिति घोषणाका लागि सरकारलाई सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री देउवा भने मंसिर ४मा चुनाव गर्ने पक्षमा देखिएका थिए । सो कुरामा अरु नेताहरु पनि मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका हुन्।
बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो । निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न दलहरु सहमत भएका हुन्।
गठबन्धनका दलबीच सहमति जुटेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने कांग्रेस नेताले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।