आयरल्याण्डविरुद्धको पहिलो टी–२० मा दक्षिण अफ्रिका विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । ऊ गएराति सम्पन्न खेलमा २१ रनले विजयी भएको हो ।

२१२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १९० रन मात्र बनाउन सक्यो । लोर्कन टकरले ७८ रनको उत्कृष्ट पारी खेले पनि घरेलु टोलीलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा सात चौका र पाँच छक्का प्रहार गरे ।

जर्ज डकरेलले ४३, पउल स्टर्लिङले १८, कप्तान एन्डी बलबर्नीले १४ र एन्डी म्याकब्राइनले १० रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराज, वेन पार्नेल, ताबरेज शाम्सीले दुई/दुई तथा लुङ्गी एनगिडी र ड्वेन प्रिटोरियसले एक/एक विकेट हात पारे ।

त्यसअघि ब्रिस्तोलस्थित काउन्टी मैदानमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २११ रन बनायो । उसका लागि रीजा हेन्ड्रिक्स र एडेन मार्करम अर्धशतकीय पारी खेले । ७८ रन बनाएका हेन्ड्रिक्सले ५३ बलमा १० चाैका र एक छक्का प्रहार गरे ।

मार्करमले २७ बलमा पाँच  छक्का र दुई  चौकासहित ५६ रन जोडे । ट्रिस्टन स्टब्सले २४, ड्वेन प्रिटोरियसले अविजित २१ र रस्सी भान डेर डुसेनले १० रनको योगदान गरे ।

आयरल्याण्डका लागि ग्यारेथ डेलानीले दुई तथा जोस लिटल र एन्डी म्याकब्राइनले एक/एक विकेट लिए । यो जितसँगै दक्षिण अफ्रिकाले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।



दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।   



  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ६:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया