यू–२० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज स्वदेश फर्कंदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम आज अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।
प्रतियोगिताको उपाधि लागि बंगलादेश र साविक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यस्तै, भारतसंग ८-० ले हार्दा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।
प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र तेस्रो स्थानको नेपालको ७ अंक रह्यो । यस्तै, माल्दिभ्स र श्रीलंकाको समान एक अंक रह्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।