गत आर्थिक वर्षमा कर्णालीको भौतिक पूर्वाधार मन्त्रालयको प्रगति : १६ किलोमिटर सडक कालोपत्रे

कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको हो ।

प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यस्तै, ग्राभेल ११३ किलोमिटर, नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । 

आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेशस्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ । 

सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्नसमेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रिड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोहर्याउन समेत आग्रह गरेका थिए । 

सबैभन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालयलगायतका ठूला विकासका काम गर्दै आएको छ । 

कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रासमेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराइएको छ ।  



यो वर्षमा अधुरा योजनाहरू पूरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दाबी रहेको छ ।   



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ६:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया