पेलोसीको ताइवान भ्रमणपछि चीनले गर्‍यो अमेरिकासँगको सैन्य सम्बन्ध स्थगन
फाइल तस्वीर

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागुऔषध विरोधी प्रयासका विभिन्न विषयमा संयुक्तराज्य अमेरिकासँगको वार्तालाई तत्कालका लागि निलम्बन गरेको चीनले शुक्रबार बताएको छ । बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा तनाव आइरहेका समय यो घोषणा गरेको हो ।

चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरूद्ध’ भ्रमण नगर्न दिएको सुझाबलाई उल्लङ्घन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताएअनुसार अमेरिकासँग माथि उल्लेखित विषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो ।

चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनीस्वरूप सैन्य अभ्यास सुरु गरेको थियो जुन आइतबारसम्म चल्नेछ ।

ताइवानी प्रतिरक्षा अधिकारीहरूले सञ्चार माध्यमलाई बताएअनुसार ताइवानमाथि पनि चिनियाँ क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख छ । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्ररूपमा ताइवानसँग सम्बन्ध नबडाउन आग्रह गर्दै आएको छ । पेलोसी भ्रमणप्रति चीनको प्रतिक्रिया असामान्य देखिएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले सैन्य सामुद्रिक सुरक्षाका विषयमा वार्तासँगै अमेरिका र चिनियाँ क्षेत्रीय कमाण्डर र रक्षा विभागप्रमुखबीचको वार्ता रद्द गरिने बताएको छ ।

अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, पारराष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।



पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यो कार्य गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

चीनले चीनको सार्वभौमिकतामाथि आक्रमण गरेको आरोप बाइडेन प्रशासनलाई लगाएको छ । यद्यपि, पेलोसी अमेरिकी सरकारको सभामुख भएकोले उहाँको भ्रमण रोक्ने कुनै अधिकार चीनलाई थिएन ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार २१:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया