एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गरेकी छिन् । उनले भारतको गोलकुल केरेला एफसीबाट उक्त प्रतियोगिता खेल्नेछन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लबमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । 

दुई वर्षअघि सावित्राकै महत्वपूर्ण भुमिकाबाट प्रेरित गोलकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । त्यतीबेला उच्च गोलकर्ताको शीर्ष स्थानमा रहेकी सावित्राले १६ गोल गरिन्  । सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन् ।

 उज्बेकिस्तानमा हुने च्याम्पियनसिपको पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुनेछ । भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी छन् । सावित्रा समूह चरण समाप्त भएपछि नेपाल फर्कने छिन् । 

पूर्व क्षेत्रको समूहमा  आयोजक थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, म्यानमारको आइएसपीई डब्लुएफसी र ताइपेइको ताइचुङ ब्लु व्हेल एफसी छन् । यो समूहको खेल  अगस्ट १५ देखि २१ सम्म हुनेछ । दुवै समूहका शीर्ष दुई टोलीले अक्टोबर २२ मा हुने फाइनल खेल्नेछन् । 





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १४:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया