फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटको सामना गर्दै पिएसजी

साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लेरमोन्ट फुटसँगको खेलबाट फ्रेन्च लिग वानको सुरुवात गर्दैछ ।

खेल आज क्लेरमोन्टको घरेलु मैदान स्टेड ग्राबियल मोन्टपाइडमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

उपाधि रक्षाको अभियानमा रहेको पिएसजी घरेलु टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ ।

क्लेरमोन्ट पनि घरेलु मैदानको फाइदा उठाउँदै पिएसजीलाई स्तब्ध पार्ने प्रयासमा छ ।

लिग वानमा गत वर्ष भएको दुवै भेटमा पिएसजी विजयी भएको थियो । उसले ५–० र ६–० ले जित निकोले हो ।

त्यस्तै, लिगअन्तर्गत आजै हुने खेलमा स्ट्रासबर्गले घरेलु मैदान स्टेड डि ला माइनेउमा मोनाकोको सामाना गर्ने छ । यो खेल राति पौने ९ बजे सुरु हुनेछ ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १५:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया