सिंहदरबारमा निजामती कर्मचारीहरूको आन्दोलन

असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै  निजामती कर्मचारी  नायव सुब्बाहरूले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालय अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । 

आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणा विपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रूपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए । 

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिनु परेको बताए  । उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको समेत बताए । 

उनीहरूले सरकारले चोर बाटोबाट तलब वृद्धि गरेको भन्दै समान तल वृद्धिको माग गर्न अर्थ मन्त्रालय घेराउ गर्नुपरेको बताएका छन् । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १५:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया