सत्तारुढ गठबन्धन सिट बाँडफाँड कार्यदलको संयोजकमा सिटौला चयन

सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्य दलको संयोजकमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो निर्णय गरेको हो । 

सो कार्य दलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक सकारात्मक रुपले अघि बढेको र २६ गते ४ बजे फेरी बैठक बसेर थप छलफललाई अगाडि बढाउने उनले बताए । 

कार्यदलको बैठकमा सबै दलका नेताले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणा प्रस्तुत गरेका थिए । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १८:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया