आजको विनिमयदर : कुन मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ । मंगलबार एक अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिद १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा र सिङ्गापुरे डलर एकको खरिदमुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा रहेकोमा आज क्रमशः खरिदमा ८८ रुपैयाँ ६६ पैसा र ८९ रुपैयाँ ०८ पैसा र खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६६ पैसा छ ।

त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८१ पैसा र बिक्रीमा १८ रुपैयाँ ९० पैसा रहेको छ । 

साउदी अरेवियन रियाल र कतारी रियालसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा ३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८२ पैसा रहेको साउदी रियाललाई आज एकको खरिदमूल्य ३३ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ रहेको छ भने खरिदमूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा रहेको छ । 

यसैगरी, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेकोमा आज बढेर एकको खरिदमा २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १०० को खदिदरमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९ रुपैयाँ ८० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ २० पैसा र बिक्रीमा १६ रुपैयाँ २८ पैसा रहेको छ । 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार ९:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया