खेलकुदमन्त्रीले गरे लमही क्रिकेट मैदानको अवलोकन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुगेका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन् । 

अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पूरा गर्न आवश्यक बजेट विनियोजन गरिने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिएका थिए । 

आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिएका छन् । 
आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरीएको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधार निर्माण गरिए पनि प्याराफिटलगायतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ । 
 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १७:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया