छायाँकार विदुर पाण्डेको निधन

छायाँकार विदुर पाण्डेको निधन भएको छ । ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा ९ बजेदेखि ११ बजेसम्म राखिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । 

उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म 'कागबेनी' को छायाँकन गरेका थिए । उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् । 

'स्वर', 'भुइँमान्छे', 'मेरो बेस्ट फ्रेन्ड', 'पण्डित बाजेको लौरी', 'जंग बहादुरको कोट' लगायत फिल्मका छायांकन गरेका थिए । उनका एक छोरा र श्रीमती रहेका छन् ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ११:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया