विद्रोहीको हमलाबाट भारतीय सुरक्षाकर्मी मृत्यु

जम्मु र कश्मीरमा भएको  आक्रमणमा भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । विद्रोहीको हमलामा सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
 जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । 

उक्त हमलामा दुई सैनिक घाइते भएका छन् । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन ।

घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ । भारत प्रशासित काश्मीरमा विखण्डनकारी समूह र सुरक्षा फौजबीच बारम्बार झडप हुने गरेका छन् ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ९:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया