एमाले सचिवालय बैठक बस्दै, के–के छन् छलफलका एजेण्डा ?

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्न लागेको हो । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुनेछ । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । 

केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदालगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ । एमालेले यसअघि निर्वाचन लक्षित सातै प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिएको थियो । 

उक्त प्रशिक्षणको समेत समिक्षा गरिने एमाले नेताहरूले बताएका छन् । प्रशिक्षणका लागि एमालेले सातै प्रदेशमा उपाध्यक्षहरूलाई खटाएको थियो ।   





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १०:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया