स्याङ्जामा पूर्ववडाध्यक्ष मृत फेला

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्ववडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन् ।  वालिङ–१३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन् । 

सिद्धार्थ राजमार्गभन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । ग १६ प ५४६१ नं को स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन् । 

गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए । उनको शव वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ११:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया