बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक जारी
फाइल तस्वीर

सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बसिरहेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । 

बैठकमा ४ मंसिरका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताइएको छ । 

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् ।

कार्यदलको पहिलो बैठकले संयोजकमा कांग्रेस नेता सिटौलालाई चयन गरेको थियो । 
 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १९:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया