प्रिमियर लिगमा आज सात खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा शनिबार सात खेल हुँदै छन् । आज म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाइटेड जस्ता ठुला क्लब आ–आफ्नो खेलका लागि मैदान उत्रिँदै छन् । आज हुने पहिलो खेलमा एस्टन भिल्लाले घरेलु मैदान भिल्ला पार्कमा एभर्टनको सामान गर्दै छ । खेल नेपाली समय अनुसार साँझ सवा पाँच बजे सुरु हुनेछ । 

दुवै टोली आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछन् । पहिलो खेलमा एस्टन भिल्लाले बर्नमाउथसँग २–० तथा एभर्टनले चेल्सीसँग १–० को पराजय बेहोरेका थिए । त्यस्तै, राति पौने आठ बजे एकै साथ पाँच खेल हुँदै छन् । जसमा साउथह्यामटनले लिड्स युनाइटेड, आर्सनलले लेस्टर सिटी, ब्राइटनले न्युकासल युनाइटेड, म्यानचेस्टर सिटीले बर्नमाउथ र उल्भ्सले फुलहमको सामना गर्नेछन् । 

 घरेलु मैदान सेन्ट मेरिज स्टेडियमा लिड्स विरुद्ध भिड्दै गर्दा साउथह्यामटनको लक्ष्य पहिलो जित निकाल्ने हुने छ । उसले पहिलो खेलमा टोटेनहमसँग ४–१ को फराकिलो हार बेहोरेको थियो ।

लिड्स पनि घरेलु टोलीलाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा उल्भ्सलाई २–१ ले हराएको थियो । घरेलु मैदान इमिरेट्स स्टेडियममा लेस्टरको सामना गर्न लागेको आर्सनल लगातार दोस्रो जित निकाल्ने सोचमा हुनेछ । उसले पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको थियो । 

लेस्टर पनि घरेलु टोलीलाई पराजित गर्दै पहिलो जित निकाल्ने प्रयासमा छ । उ पहिलो खेलमा ब्रेन्टफोर्डसँग २–२ को बराबरीमा रोकिएको थियो । घरेलु मैदान फाल्मेर स्टेडियमा न्युकासल युनाइटेडसँग खेल्दा ब्राइटनको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हुनेछ । उसले पहिलो खेलमा म्यानचेस्टर युनाइटेलाई २–१ ले पराजित गरेको थियो । 

न्युकासल पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । उसले पहिलो खेलमा नटिङ्घम फरेस्टलाई २–० ले हराएको थियो ।  सिटीले घेरेलु मैदान इतिहाद स्टेडियममा बर्नमाउथको सामना गर्नेछ । एक अर्का विरुद्ध भिड्दै गर्दा दुवै टोलीको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हुनेछ । 



सिटीले पहिलो खेलमा वेस्टह्याम युनाइटेड तथा बर्नमाउथले एस्टन भिल्लालाई समान २–० ले पराजित गरेका थिए । आज हुने अन्तिम खेलमा म्यनचेस्टर युनाइटेडले घरेलु टोली ब्रेन्टफोर्डको सामना गर्नेछ । खेल जिटेक कम्युनिटी स्टेडियममा राति सवा १० बजेबाट सुरु हुनेछ । 

दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका मैदानमा उत्रिँदै छन् । पहिलो खेलमा युनाइटे ब्राइटनसँग २–१ पराजित हुँदा ब्रेन्टफोर्टले लेस्टर सिटीसँग २–२ को बराबरी खेलेको थियो । 



  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार ११:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया