हर्क साम्पाङले भने- काठमाडौंमा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लाग्यो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा थुपारिएको फोहोरमाथि व्यंग्य गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर समयमै उठ्न नसक्दा सडकपेटी प्रदूषित भएका छन् ।

वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ । समय मै फोहर नउठ्दा सडक पेटीमा थुप्रिएको फोहोर पानीले बगाउँदा झनै प्रदूषण बढेको छ ।

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

मेयर साम्पाङ निर्वाचित भएपछि धरानमा प्रत्येक शनिबार श्रमदान गर्दै आएका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १३:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया