फोहोर बोकेको गाडीले बाख्रा कुल्चिएपछि बन्चरेडाँडा जाने बाटोमा स्थानीयको अवरोध

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरू पुनः रोकिएका छन् । फोहोर बोकेको गाडीले एउटा बाख्रा किचेर मारेपछि स्थानीयले बाटो अवरोध गरेको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आर्चायले जानकारी दिए । 

आचार्यका अनुसार आज बिहान फोहोर बोकेर गाएको गाडीहरू पुनः रोकिएका हुन् । तारकेश्वर नगरपालिका तिनपिपले भन्ने ठाउँमा फोहोरको गाडीले बाख्रा मारेको भन्दै अवरोध भएको आचार्यले बताए । 

यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका थिए ।

स्थानीय र महानगरपालिकाबीच समस्या समाधानका लागि छलफल भइरहेको सूचना अधिकारी आचार्यको भनाइ छ ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १३:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया