विदेशबाट फर्किएकाका लागि पुनः एकीकरण कार्यक्रम छिट्टै कार्यान्वयन गर्छौं : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगारदाताको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधान राखिएको बताए । 

मन्त्री कुँवरले वैदेशीक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए । उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए । 

मन्त्री कुँवरले कार्यक्रम कार्यान्वयन नआइ नकारात्मक कुरा गर्दा अरुण तेस्रो जलविद्युत आयोजना जस्तै हुने उदाहरण दिए । उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । उनले वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकासँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १६:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया