प्युठानमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मृत्यु हुनेमा नौवहिनी गाउँपालिका(५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एकजनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।
आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजारनजिकै दुर्घटना हुँदा नौजना घाइते भएकोमा तीनजनाको ज्यान गएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।