मध्य भोटेकोशी जलविद्युत् अझै डेढ करोड घाटामा

मध्य भोटेकोशी जलविद्युत् कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा भने नोक्सान कम भएको हो ।

अघिल्लो वर्ष ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले ५ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरे पनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । 

हाल मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । रिजर्भ कोष ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यो कम्पनी चौथो त्रैमाससम्म प्रतिसेयर २६ पैसा नोक्सानमा छ ।

यसको प्रतिसेयर नेटवर्थ पनि ९४ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ९:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया