हिम पर्वत हाइड्रोले ४२ लाख कित्ता आइपिओ निष्कासन गर्ने

हिम पर्वत हाइड्रो पावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । 

सम्झौतामा हिम पर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआई एल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिबिआई एल क्यापिटल लिमिटेडले हिम पर्वत हाइड्रोपावर लिमिटेडको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ११:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया