नवौँ राष्ट्रिय खेलकुद ०७९ को सुरक्षा सम्बन्धमा छलफल

नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा  समिति पदाधिकारीसँग जानकारी लिएका हुन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रबन्धबारे जानकारी गराए ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी जोशीको संयोजकत्वमा विभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुखसमेत सदस्य रहने गरी उपसमिति गठन भएको छ ।

सुरक्षा उपसमितिलाई खेल स्थल, खेलाडी, खेलाडी आवास क्षेत्र, अतिथिलगायत सुरक्षाका लागि योजना बनाएर काम गर्न सदस्यसचिव घिसिङले आग्रह गरे ।  

छलफलमा कार्यकारी समितिका सदस्य–सचिव फणिन्द्र पौड्याल, गण्डकी प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङ, खेलकुद विकास विभाग प्रमुख प्रेमबहादुर मल्ल, सुरक्षा उपसमिति सचिव लक्ष्मण योगीलगायतको सहभागिता थियो ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १७:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया